आरम्भ माइक्रोफाइनान्सको साधारण सेयर (आईपीओ) निष्काशन

काठमाण्डौ, फागुन ८ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपीओ) फागुन १५ गतेदेखि विक्री खुला हुँदैछ । शेयर निष्काशन छिटोमा फागुन २१ गते बैंकिङ समय पश्चात बन्द हुनेछ । तर पर्याप्त दरखास्त नपरेको खण्डमा भने फागुन २९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले २ लाख ९४ हजार कित्ता शेयर निष्काशन गर्दैछ, जसमा ३ प्रतिशत अर्थात् ८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात् १४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणको लागि २ लाख ७० हजार ४८० कित्ता छुट्टाइएको छ ।

यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, वनेपा नगरपालिका वडा नं. १० मा अवस्थित छ । यस माइक्रोफाइनान्सको ५ जिल्लामा शाखा कार्यालय फैलिएको छ ।

माइक्रोफाइनान्सको आइपिओमा दरखास्त दिनु पर्ने न्यूनतम कित्ता ५० र अधिकतम १००० कित्ता रहेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौलाई नियुक्ति गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ (क) अनुसार यस निष्काशनलाई क्रेडिट रेटिङ गराउन आवश्यक नभएकोले क्रेडिट रेटिङ गरेको छैन ।

धितोपत्र बोर्डले सार्वजनिक निष्कासनहरुका लागि सिआस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर आइपिओका लागि आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ८, २०७४ /Tuesday, February 20th, 2018, 8:54 am