नोकिया ८ मा उपलब्ध हुन थाल्यो एन्ड्रोइड ओरियोको नया अपडेट

नोकियाले आफ्नो फ्लागशिप स्मार्टफोन नोकिया एटमा एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमको अपडेट उपलब्ध गराउन सुरु गरेको छ ।

कम्पनीका चिफ प्रडक्ट अफिसर जूहो सर्विकासले टि्वट गरि यसको पुष्टि गरेका छन ।

उनले आफ्नो टि्वटमा लेखेका छन्, ‘हामीले नोकिया एटमा एन्ड्रोइड ओरियो ८.१ जारी गर्दैछौँ । अब नोकिया ८ चलाउँदा उत्कृष्ट एन्ड्रोइडको मज्जा लिनुहोस् ।’

गुगलको बाहेक एचएमडीको यो फ्लागसीप डिभाइस नै पहिलो डिभाइस हो जसमा एन्ड्रोइड ८.१ ओरियो अपडेट उपलब्ध हुँदैछ । नोकिया ८ स्मार्टफोनमा गत नोभेम्बरबाट एन्ड्रोइड ८ ओरियो अपडेट प्राप्त भएको थियो र अब ८.१ प्राप्त हुनेछ । केहि समय अघि मात्र कम्पनीले नोकिया ८को लागि लागि एक बिटा टेस्ट प्रोग्राम पनि रिलिज गरेको थियो ।

नोकिया ८ मा उपलब्ध हुन थालेको एन्ड्रोइड ८.१ ओरियोको अपडेटको साइज १.६ जिबी रहेको छ ।

नया अपडेटमा त्यस्तो मुख्य अपडेट केहि नभए पनि यसमा नया सेटिङ मेनु रहेको छ भने ब्लुटुथ ब्याट्री पर्सेन्टेज लगायतका केहि सुविधा थप गरिएको छ भने फ्रेबुअरी महिनाको सेक्युरेटी अपडेट पनि समावेश गरिएको छ ।

एचएमडी ग्लोबलको अहिलेसम्मकै महंगो स्मार्टफोन नोकिया ८ गतवर्ष सेप्टेम्बरमा लञ्च भएको थियो । लञ्च हुँदा यस स्मार्टफोनमा एन्ड्रोइड ७.१.१ नगट अपरेटिङ सिस्टम उपलब्ध थियो ।

५.३ इन्चको डिस्प्ले रहेको नोकिया ८ मा क्वालकोमको फ्लागसीप् प्रोसेसर स्न्यापड्रागन ८३५ रहेको छ । डुअल सिम सपोर्ट वाला यो फोनमा डिस्प्लेलाइ २.५ डी क्रभ्ड कर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ ।

नोकिया ८ मा ४ जिबी र्याम छ भने ६४ जिबीको स्टोरेज छ, जसलाई माइक्रोएसडीको सहायताले २५६ जिबीसम्म बढाउन सकिन्छ ।

यसमा इमेज सेन्सरको साथमा १३ मेगापिक्सेलको डुअल रियर क्यामरा सेटअप रहेको छ । सेल्फीको लागि १३ मेगापिक्सेलकै फ्रन्ट क्यामरा रहेको छ । यस स्मार्टफोनको क्यामरामा कम्पनीले “बोथि” नाम दिएर नया सुबिधा उपलब्ध गराएको छ जसमा अगाडी र पछाडिको क्यामराले भिडियो खिच्न सकिन्छ ।

नेपालमा नोकिया ८ को बजार मूल्य ६२ हजार नौ सय ९९ रहेको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ५, २०७४ /Saturday, February 17th, 2018, 5:54 am