नेपाली बजारमा आयो एमआई रेडमी ५ प्लस

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले एमआई रेडमी ५ प्लस (Mi Redmi 5 Plus) नेपाली बजारमा उपलब्ध गराएको छ ।

नेपालका लागि साओमीको आधिकारिक बितरक वत्सल इम्पेक्स प्रालिले बजारमा ल्याएको रेडमी ५ प्लस सस्तो मूल्यमा सुविधायुक्त फोन भएको बताएको छ ।
एमआई रेडमी ५ प्लस स्मार्टफोनमा ५.९९ इन्चको फूलएचडी डिस्प्ले रहेको छ । फोनमा स्नापड्रागन ६२५ को २.० जीएचजेडको प्रोसेसर रहेको छ भने ग्राफिक्सका लागि एड्रेनो ५०६ जीपीयू राखिएको छ ।

३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको यो फोनमा पावरका लागि रेडमी फाइभ प्लसमा ४,००० एमएएचको ब्याट्री रहेको छ ।

यस स्मार्टफोनमा एफ/२.२ सहितको १२ एमपी रियर क्यामेरा रहेको छ भने सेल्फिको लागि ५ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।
यस फोनमा रियर क्यामराको मुनि फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

डुअल सिम र डुअल स्ट्यान्ड बाइ फिचर भएको यो फोनको मूल्य रु २३ हजार ४ सय ९९ तोकिएको छ । एमआइको यो सेट शावमी नेपालको आधिकारिक वेबसाइट www.xiaominepal.com.np मा गएर पनि अनलाइनमा पनि खरिद गर्न सकिन्छ भने देशभरका आधिकारिक रिटेल स्टोरहरुबाट खरिद गर्न सक्ने क्कम्पनिले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १, २०७४ /Tuesday, February 13th, 2018, 7:16 pm