गायक लक्षु प्रकाश मल्लद्वारा स्वरबद्ध संसारकै लामो गीत तथा म्युजिक भिडियो माघ २६ गते विमोचन हुने

काठमाडौं, माघ १९ । गायक, संगितकार एवं एरेञ्जर लक्षु प्रकाश मल्लले नेपाललाई बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारीमा छन् । जसको नाम I love You Part -2, The Earth राखिएको छ ।

उनको गीतलाई भने धिताल फिल्मले बजार व्यवस्थापन गर्ने भएको छ । संसारकै लामो गीतमा लक्षु प्रकाश मल्लको स्वर, शब्द, संगीत, एरेञ्ज गरेको छ भने उनको गितलाई सुमन थापा मगरले शब्द संयोजनमा साथ दिएका छन् ।

उक्त गीतमा होम धितालको निर्देशन रहेको छ । यस गीतको रेकडिङ बिग परिबेश स्टुडियोमा गरिएको हो । त्यस्तै रेकडिङ्गमा जीवन बडुले साथ दिएका छन् भने मिक्सिङमा मनोज दंगोलले साथ दिएका छन् ।

यो गीत संसार कै लामो गीत रहेको छ । यसको भिडियोमा करण चैशिरको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । आउने माघ २६ गते दिउसो ठिक २ बजे रिपोटर्स क्लवमा सोही गीतको बिमोचन हुने गायक लक्षु प्रकाश मल्ले जानकारी दिएका । बिमोचन पश्चात यस गीतलाई गिनिज अफ वल्र्ड रेकर्डको लागी तयारी रहेको कुरा यस गीतका निर्देशक होम धितालले जानकारी गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४ /Friday, February 2nd, 2018, 8:43 pm