खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं, माघ १६ । खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । भोली बुधबार माघ १७ गते राष्ट्रिय नाचघर जमलमा दिउँसो २ बजे हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक तथा जनसाँस्कृतिक महासंघ ३ नं प्रदेश संयोजक केशर कुमार कालिकोटेले जानकारी दिएका छन ।

देशभक्त जनवादी तथा प्रगतिशिल साँस्कृतिक आन्दोलनका धरोहर गितकार,संगितकार तथा जनगायक खुशिराम पाख्रिनको मिति २०७४ मङ्सिर ०५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल –प्रचण्ड)का पुत्र एवं माओवादी केन्द्रका नेता प्रकाश दाहालको श्रद्धाञ्जली सभामा आफ्नै गृह जिल्ला चितवनमा गित गाउँदा गाउँदै हृदयघातका असमायिक निधन भएको थियो ।

उनले राष्ट्र प्रति गरेको अतुलनिय योगदानको उच्च सम्मान गर्दै जनसांस्कृतिक महासंघ नेपाल ३ नं प्रदेशको आयोजनामा ने.क.पा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)को प्रमुख आतिथ्यतामा खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा जनकलाकार संघ केन्द्रिय टोलीका कलाकारहरु साथै अतिथि कलाकार जिवन शर्मा, जेवी टुहुरेको पनि विशेष प्रस्तुति रहने छ ।

विशेष गरि कार्यक्रममा खुशिराम पाख्रिनले रचना गरेका गितहरु प्रस्तुत हुने जानकारी कार्यक्रम संयोजक कालिकोटेले दिएका छन । कार्यक्रमलाई सफल बनाउन सबै जनकलाकारहरु एक जुट भएर लागेका छन ।

प्रकाशित मिति: मङ्लबार, माघ १६, २०७४ /Tuesday, January 30th, 2018, 11:29 am