त्रिभुवन विश्वविद्यालयद्वारा विहीवार परीक्षफल प्रकाशित

काठमाडौँ, माघ ११ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल विहीवार प्रकाशन गरिएको छ ।

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल विहीवार प्रकाशन गरिएको छ ।

उक्त परीक्षाफल www.edusanjal.comwww.educationsansar.comeducationkhabar.com र www.tu.ntc.net.npमा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।

प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ /Thursday, January 25th, 2018, 7:07 pm