भोली बिहीवारदेखि रु.१०० मै ५३ लाख कित्ता शेयर बजारमा

काठमाडैं, माघ १० । विहीबारदेखि दुईवटा विकास बैंकको हकप्रद शेयर बजारमा आउने भएको छ । कर्णाली विकास बैंक र लुम्बिनी विकास बैंकले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् । दुवै बैंकले राष्ट्र बैंकमा पेश गरेको चुक्ता पँुजी वृद्धि योजना अनुसार नै हकप्रद शेयर निष्काशन गर्न लागका हुन ।

कर्णाली विकास बैंकः बैंकले १ बराबर २.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । बैंकले ष्निकाशन गर्न लागेको हकप्रदमा पुस १९ गतेसम्म कायम शेयरधनीले यहि माघ ११ गतेदेखि फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल १५ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद निष्कासनपश्चात पूँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट समेत आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडः बैकको १० बराबर १ (१०ः२) अनुपात अर्थात १० प्रतिशत हकप्रद शेयर माघ ११ गतेदेखि निष्काशन हुँदैछ । यसका शेयरधनीहरुले फागुनको १६ गतेभित्र आवेदन दिईसक्नु बैकले जनाएको छ । कम्पनीले शेयरधनीका लागि प्रति शेयर १ सय अङ्कित दरको २० लाख ८ हजार ८ सय ७८ दशमलव शून्य ४७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८८ लाख ७८ हजार ४६८ कित्ता शेयर छ । बैकले हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटलाई नियुक्ति गरेको छ । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैंक र यसका शाखा कार्यालय, भिवोर क्यापिटल लिमिटेड कृष्ण गल्ली ललितपुर र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आश्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ /Wednesday, January 24th, 2018, 9:57 am