आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस २९ गते शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ला गर्न निर्देशन दिएको छ ।

बुधबार एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय, राजश्व कार्यलय राजश्व संकलनका लागि आउदो शनिबार खुला हुने जनाएको छ ।

वर्षैभरी असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार पर्न गएमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ /Wednesday, January 10th, 2018, 5:08 pm