गीत गाउँदा गाउँदै ढल्यो जनगायक पाख्रिनको शरीर !

चितवन, मंसिर । जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ ।

मंगलबार वाम गठबन्धनले चितवनको केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावीसभामा गीत गाउँदै गर्दा असहज भएपछि चितवनको नारायणी सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर केहीबेर पछि नै अस्पतालले उनको निधन भएको घोषणा गरेका थिए । उनलाई हृदयघात भएको अस्पतलाले जनाएको छ ।

माओ‌वादीको दश वर्षे युद्धका बेला पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरुु गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

२००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी माओवादीबाट समानुपातिक सभासद बनेका थिए ।पछिल्लो समय पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।

नेकपा ९चौम०बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माओवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।

चुनावीसभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ५, २०७४ /Tuesday, November 21st, 2017, 8:23 pm